विश्व

इजरायली सेनाद्वारा दक्षिणी लेबनानका दर्जनौँ गाउँमा निकासी आदेश जारी

युद्धविरामको बाबजुद इजरायली सेनाले इरान हेजबुल्लाहसँगको लडाइँ रोक्ने उद्देश्यले गर्ने आक्रमण अघि दक्षिण लेबनानका दर्जनौ गाउँमा नयाँ निकासी आदेश जारी गरेको छ । स्थानिय वासीलाई आफ्नो सुरक्षाका लागि, तुरुन्तै आफ्नो घर खाली गरी सहरबाट कम्तिमा एक हजार मिटर टाढा खुला क्षेत्रमा जान आदेश जारी गर्दै, सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्समा १२ वटा गाउँहरूको सूची सार्वजनिक गर्नु भएको छ ।

युद्धविराम सम्झौताको बावजुद, इजरायली सेना र हेजबुल्लाहले प्रायः दक्षिणी लेबनानमा दैनिक गोलीबारी गरेको जनाइएको छ।

बुधबारको निकासी चेतावनीमा समावेश गरिएका अधिकांश गाउँहरू इजरायली सैनिकहरूले कब्जा गरेको क्षेत्र बाहिर लिटानी नदीको उत्तरमा रहेको जनाइएको छ ।

विज्ञप्तिमा सेनाले आफ्नो वायुसेनाले हिजबुल्लाहले सैन्य उद्देश्यका लागि प्रयोग गरेका संरचनाहरूमा आक्रमण गरेको बताएको छ ।

अमेरिका–इजरायली सैन्य अभियानमा इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीको हत्याको बदलामा हेजबुल्लाहले इजरायलमा रकेट प्रहार गरे पछि मार्चको सुरुमा लेबनान मध्यपूर्व युद्धमा तानिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *