समाचार

अर्थको असक्षमता लुकाउन गभर्नर र एम अधिकारी एकै भनियो : पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा रहेको भन्ने सत्तापक्षका सांसदको भनाइ अर्थ मन्त्रालयको असक्षमता लुकाउनका लागि आएको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गभर्नरले आफैंले कुनै पार्टीमा नरहेको भनेर वक्तव्य दिइसकेपछि त्यो छलफलको विषय समेत नभएको उनले बताए ।

‘एम अधिकारी भनेको व्यक्ति एमालेको अर्थ विभागमा रहेको र उहाँ राष्ट्र बैंकको गभर्नर हो भनी सत्तापक्षको सांसदले अर्थ मन्त्रालयको असक्षमता लुकाउनका लागि विषयान्तर गरी मनोगत भावना राखिरहेको देख्दा आफैंलाई दयाभाव जागिरहेको छ’, उनले भने, ‘स्वयम महाप्रसादजीले म कुनै पार्टीमा छैन भनेर वक्तव्य दिइसकेको विषय संसद्मा प्रश्न उठाउन मिल्ने विषय पनि होइन ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *