देश

डा. बाबुराम भट्टराई प्रलोपाबाट अलग, पार्टीले दिए औपचारिक विदाइ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोप० बाट औपचारिक रूपमा बाहिरिएका छन् । पार्टीले उनको निर्णयलाई स्वीकार गर्दै शुभकामना व्यक्त गरेको छ । बिहीबार बसेको अध्यक्ष परिषद् बैठकले भट्टराईले कुनै संगठनात्मक जिम्मेवारी नलिई स्वतन्त्र रूपमा वैकल्पिक र रूपान्तरणकारी राजनीतिमा योगदान गर्ने चाहना व्यक्त गरेकाले त्यसलाई सम्मान गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयमा उनको राजनीतिक यात्राप्रति सम्मान व्यक्त गर्दै भविष्यका गतिविधिका लागि शुभकामना दिइएको छ । साथै, पार्टीका अध्यक्ष परिषद् सदस्य सुदन किराँतीले पनि पार्टी सदस्यता नलिने घोषणा गरेकामा उनको व्यक्तिगत निर्णयलाई स्वीकार गर्दै सफलताको कामना गरिएको छ ।

बैठकले हालको राजनीतिक अवस्था र पछिल्लो निर्वाचनको समीक्षा गर्दै राज्य संरचना अझै श्रमजीवी तथा उत्पीडित वर्गको पक्षमा पूर्ण रूपमा उन्मुख हुन नसकेको निष्कर्ष समेत निकालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *