राजनीति

काठमाडौँ ५ बाट संसदको चुनाव लड्ने रञ्जु दर्शनाको निर्णय

काठमाडौँ । २०७४ सालको स्थानीय चुनावमा विवेकशील नेपाली दलबाट काठमाडौँको मेयर उठेकी रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा काठमाडौँ ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।

विवेकशील नेपाली दलबाट अघिल्लो चुनावमा काठमाडौँको मेयरमा उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् । विवेकशील साझा दल निकट रहेकी दर्शना पछिल्लो समय सक्रिय राजनीतिबाट टाढा छिन् ।

विवेकशीलका संस्थापक अध्यक्ष उज्ज्वल थापा उम्मेदवार हुँदै आएको क्षेत्रबाट उम्मेदवार बन्ने दर्शनाले निर्णय गरेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *