समाचार

विराटनगरको मेयरमा कांग्रेसको टिकट नागेश कोइरालालाई

काठमाडौं । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कोइराला शेखर कोइराला निकट हुन् । विराटनगरको प्रमुखमा डा. कोइरालाले नागेश र अर्का नेता कृष्ण सिटौलाले वर्तमान प्रमुख भीम पराजुलीको नाममा अडान लिएका थिए।

यस्तै सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व केन्द्रीय सदस्य अमृत अर्याल र केन्द्रीय सदस्य डा. डिला संग्रौलालाई अघि सारेका थिए।

महानगरको प्रमुखमा उम्मेदवारका लागि टिकट पाएका नागेश मोरङ कांग्रेसका उपसभापति हुन्। १३ औँ महाधिवेशनमा उनी जिल्ला सचिव थिए। नागेश पार्टीका पूर्वकोषाध्यक्ष पनि हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *