मुख्य समाचार

बजेटमाथि मंगलबारदेखि सैद्धान्तिक छलफल शुरु हुने

काठमाडौं । संसदमा टेवल भएको आगामी आर्थिक वर्षको बजेटमाथि मंगलबारदेखि छलफल शुरु हुने भएको छ ।

संसदमा अर्थमन्त्री जनार्दन शर्माले टेवल गरेको विनियोजन विधेयकमाथि तिन दिनसम्म सैद्धान्तिक छलफल हुने भएको हो ।

संसघीय संसद सचिवालयका अनुसार जेठ १७ गतेदेखि १९ गतेसम्म विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । सैद्धान्तिक छलफल सकिएपछि अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने र दफावार छलफल शुरु गर्ने सचिवालयको तयारी छ । प्रतिनिधिसभाको अर्को बैठक जेठ १७ गते बिहान ११ बजे बस्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *