काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने सामाग्रीहरू जिल्लामा पठाउन थालेको छ ।
आजबाट चुनावका लागि आवश्यक हुने सामाग्री जिल्लामा पठाउन शुरु गरिएको आयोगले जनाएको छ ।
‘निर्वाचन आयोगले बिहिबार मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौँका लागि आवश्यक पर्ने निर्वाचन सामाग्री पठाएको हो ।
आयोगका अनुसार अन्य जिल्लामा पनि क्रमशः निर्वाचन सामाग्री पठाउने बताएको छ ।




