काठमाडौं । यातायात व्यवसायीको दबाबपछि सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।
मन्त्रीस्तरिय निर्णय गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको भाडा ११ देखि १३ प्रतिशतसम्म वृद्धि गरेको हो । मन्त्रालयले हाल कायम भाडा दरमा थप ११ देखि १३ प्रतिशत बढाएको हो ।
यातायात व्यवस्था विभागका अनुसार एक प्रदेशबाट अर्को प्रदेशसम्म सवारी भर्ने यातायातको मात्रै भाडा बढेको हो । चैत २० गतेदेखि लागू हुनेगरी बढेको भाडा आइतबार मात्रै सार्वजनिक गर्ने बताएको छ ।




