मुख्य समाचार

लेटाङ घटना छानविन गर्न गठन भयो समिति

काठमाडौं । मोरङको लेटाङमा एक महिला प्रहरीको मृत्यु हुनेगरी भएको घटनाबारे छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको छ ।

एसएसपी राजेन्द्रप्रसाद चौधरी नेतृत्वको समितिमा एक डिएसपी, एक प्रहरी निरीक्षक रहेका छन् ।

समितिलाई १० दिनको म्याद दिइएको छ । त्यसबाहेक जिल्ला प्रहरी कार्यालय मोरङले पनि अलग्गै अनुसन्धान गरिरहेको छ ।

लेटाङ ५ खेरुवास्थित शिक्षा विकास माध्यामिक विद्यालयका यौन दुर्व्यवहार आरोपी शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रोशित भीडले आइतबार आक्रमण गर्दा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *