काठमाडौं । काठमाडौंमा आज रातिदेखि शनिबारसम्म वर्षा हुने भएको छ ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार रातिदेखि शनिबारसम्म उपत्याकामा पानी पर्नेछ । उनका अनुसार काठमाडौं उपत्याकामा असिना समेत पर्नेछ भने २ हजार मिटरमाथिको भागमा बाक्लो हिँउ पर्नेछ ।
शुक्रबार दिनभर पानी पर्ने र शनिबार अपरान्हदेखि भने मौसममा सुधार आउनेछ ।




