काठमाडौं । काठमाडौं प्रहरी परिसर र विमानस्थल प्रहरी प्रमुख फेरिएका छन् ।
काठमाडौं प्रहरी परिसरको नेतृत्व गरिरहेका अशोक सिंहलाई भैरहवा विमानस्थल कार्यालय पठाएर काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी( सुदीप गिरीलाई दिइएको हो ।
गृह मन्त्रालयले १० कात्तिकमा गिरीलाई काठमाडौं प्रहरी परिसर, टेकुमा सरुवा गर्दै काठमाडौं प्रहरी प्रमुख अशोक सिंहलाई भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो ।
गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको जिम्मेवारी एसएसपी सुरेन्द्र मैनाली दिएका छ ।




