मुख्य समाचार

म्याग्दी कांग्रेस सभापतिमा गर्बुजा निर्विरोध

म्याग्दी । नेपाली कांग्रेसको म्याग्दी जिल्ला सभापतिमा खमवीर गर्बुजा निर्विरोध निर्वाचित भएका छन् ।

बुधबार भएको जिल्ला अधिवेशनले गर्बुजालाई निर्विरोध सभापतिमा चयन गरेको हो । सभापतिका लागि गर्बुजाको मात्रै उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित भएका हुन् ।

सभापति निर्विरोध चयन भएपनि अन्य पदमा भने एकभन्दा बढि उम्मेदवारी दर्ता भएको छ । सहमति नभए बिहिबार निर्वाचन हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *