मुख्य समाचार

निर्वाचनको माहोल बनिसक्यो तयारी थालौः गृह

काठमाडौँ । सरकारले निर्वाचनको तयारी गर्न सम्बन्धित सबै पक्षलाई निर्दैशन दिएको छ । गृह मन्त्रालयले मध्यावधि निर्वाचनको माहोल बनिरहेको जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल र तीनवटै सुरक्षा निकायका प्रमुखसहित सोमबार बसेको बैठकपछि गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको माहोल क्रमश बनिरहेको जनाएर त्यसको तयारी गर्न निर्देशन दिएको हो ।


मध्यावधि निर्वाचन आगामी बैशाख १७ र २७ गते हुँदै छ । तर प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । बैठकमा अर्थमन्त्री पौडेलले निर्वाचनको तयारीका लागि बजेटको अभाव हुन नदिने बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सबै पक्षलाई निर्वाचनको तयारी गर्न निर्देशन दिएपछि गृहमन्त्रालयले पनि अर्थमन्त्रालय लगायतका सरोकारवाला निकायसँग छलफल थालेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *