ताजा समाचार

एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल

काठमाडौं । नेकपा एमाले परित्याग गरेर प्रतिनिधिसभा चुनाव लडेका घनश्याम भुसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्ने भएका छन्।

उनी औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीमा संलग्न हुने तयारीमा रहेको स्रोतले बताएको छ। ‘१-२ दिनमा यस विषयमा औपचारिक घोषणा हुनेछ‚’ भुसालनिकट स्रोतले भन्यो, ‘अहिलेसम्म भएको तयारीअनुसार बिहीबार औपचारिक कार्यक्रम हुन्छ।’

भुसालले एकीकृत समाजवादीको एकता कार्यदललाई कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण र एकीकरणका लागि प्रस्ताव पनि पठाएका छन्।

मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भुसालले एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए। त्यसयता एकीकृत समाजवादीको नेतृत्वसँग पटक-पटक छलफल गर्दै आएका थिए।

[pdfjs-viewer attachment_id=undefined url=undefined viewer_width=0 viewer_height=800 url=undefined download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *