ताजा समाचार

गृहजिल्ला पुगेर देउवाले भने- गठबन्धनलाई १०-१५ वर्षसम्म लैजाने इच्छा छ

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीका असंवैधानिक गतिविधिका कारण आफू प्रधानमन्त्री हुनु परेको बताए छन् । बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभामा देउवाले ओलीबाट संविधान जोखिममा परेको भन्दै संविधानको रक्षा गर्न गठबन्धन निर्माण भएको बताउनु भएको छ ।

आफ्नो इच्छा नभए पनि सबैको आग्रहमा प्रधानमन्त्री बनेको देउवाले बताए । संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने आफ्नो इच्छा रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री भएको बेला ओलीले राष्ट्रपतिलाई रातिको २ बजे उठाएर संसद भंग गरेको देउवाले आरोप लगाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *