ताजा समाचार

आज पनि यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । नेपालमा न्युन चापीय रेखासँगै स्थानीय वायुको प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, लुम्बिनी तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी, बागमती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ। शुक्रबार गण्डकी, बाग्मती तथा प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको आँकलन गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *