ताजा समाचार

एलएलबीमा ६ सय जनाको सिट तोकियो, प्रवेश परीक्षा उतिर्ण गर्नुपर्ने

काठमाडौं । नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंले शैक्षिक वर्ष २०७५/०७६ को एलएलबी पहिलो वर्षका पढ्न प्रवेश परीक्षा तालिका सार्वजानिक गरेको छ । कलेजले प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने अनिवार्य नियम बनाएको छ । कलेजले आज सूचना निकालेर प्रवेश परीक्षा फारम भरिसकेका विद्यार्थीको प्रवेश परीक्षाको कार्यतालिका निकालेको छ।

जसअनुसार माघ १७ गते शनिबार दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रवेश परीक्षा हुने क्याम्पसले जनाएको छ। परीक्षा केन्द्र पनि तोकिसकिएको छ।

नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग, रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग, शंकरदेव क्याम्पस पुतलीसडक र महेन्द्ररत्न क्याम्पस ताहाचलमा परीक्षा केन्द्र तोकिएको छ।

‘एलएलबी तह प्रथम वर्षमा नेपाल ल क्याम्पसका लागि समावेशी कोटासहित विद्यार्थी सिट संख्या ६ सय निर्धारण भई आएकोले उक्त संख्यामा भर्नाका लागि प्रवेश परीक्षा लिई उत्तिर्ण विद्यार्थीलाई भर्ना लिनु भनी निर्देशन बमोजिम तीन वर्षे एलएलबी पहिलो वर्षका लागि प्रवेश परीक्षा फारम भरेका विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्ने,’ सूचनामा भनिएको छ।
लामो अन्यौलतापछि दुई वर्ष पछि प्रवेश परीक्षा हुन लागेको हो । तीन वर्षे एलएलबी खारेजीको प्रक्रियामा रहेपनि विरोध आएपछि सीमित कोटामा भर्ना खुलाइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *