ताजा समाचार

जर्मन चान्सलर ‘सेल्फ क्वारेन्टाइ’ मा

एजेन्सी । जर्मन चान्सलर एङ्गेला मर्केल क्वारेन्टाइमा बसेकी छन्। उनलाई भ्याक्सिन लगाएका एक चिकित्सकलाई कोरोनाभाइरस सङ्क्रमण भएको भेटिएपछि उनी आफै क्वारेन्टाइनमा बसेकि हुन् । चान्सलरका प्रवक्ताका अनुसार शुक्रबार निमोनिया निम्त्याउने ब्याक्टेरिया न्यूमोकोकस विरूद्ध उनलाई खोप दिने एक डाक्टरले कोरोनाभाइरस संक्रमणको परीक्षण सकारात्मक देखिएको थियो । ६५ वषिया चान्सलरको घरमै नियमित परीक्षण गरीनेछ ।

युरोपको सबभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनीमा हालसम्म कोरोनाभाइरसबाट करिब २५ हजार मानिस सक्रमित छन्। यसका कारण ९४ जनाको ज्यान गइसकेको छ।
जर्मन सरकारले दुइजना भन्दा धेरैलाई भेला हुन निषेध गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *