देश

जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता, कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली कांग्रेस पार्टीले डोर्‍याउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

नेता सिटौलाले कांग्रेस र नेकपा एमाले मिलेर संयुक्त सरकार बनाएको र प्रधानमन्त्रीमा केपी शर्मा ओली रहेपनि सरकारको नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको उल्लेख गरे । नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको छ, उनले भने ।

नेता सिटौलाले नेपाली कांग्रेसले नेपालको अस्तित्वको रक्षाका लागि, नेपाली जनताको आर्थिक समृद्धि र प्रगतिको लागि सबै राजनीतिक दलहरूलाई मालाको रुपमा अगाडी लिएर बढ्नुपर्ने बताए । नेता सिटौलाले नेपालको राजनीति वृतमा देखिएको असन्तुष्टि र विभिन्न पार्टीभित्र देखिएको विवाद समाधान गरेर पार्टी अध्यक्षले नेतृत्व गरेर अघी बढ्नुपर्ने अवस्था देखिएको समेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *