अर्थ

राष्ट्रपति पौडेलले बाढी पहिरो पीडितका लागि एक महिनाको तलब दिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हालै आएको बाढी पहिरोबाट पीडितहरूको राहतका लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहतकोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने भएका छन् । राष्ट्रपति पौडेलले एक महिनाको तलब सुविधा प्रदान गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले समेत एक हप्ताको तलव सुविधा प्रदान गर्ने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *