देश

उच्च आम्दानी भएका मुलुकसँग श्रम सम्झौता गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले नेपाली युवालाई उच्च पारिश्रमिक भएका देशहरूमा रोजगारीका अवसर उपलब्ध गराउन श्रम कूटनीतिलाई प्राथमिकतामा राख्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।

सरकारले नयाँ श्रम सम्झौतामार्फत नेपाली कामदारलाई सुरक्षित र राम्रो आम्दानी हुने गन्तव्यमा पठाउने नीति अघि सारेको जनाएको छ। वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन विशेष ‘लेन’ निर्माण गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई बाध्यता नभई अवसरका रूपमा विकास गर्ने लक्ष्य उल्लेख गरिएको छ। त्यसका लागि ‘एक देश, रोजगार दशक’ अवधारणाअन्तर्गत दीर्घकालीन रणनीति लागू गरिने सरकारको भनाइ छ। सरकारले श्रम बजार विस्तारसँगै नेपाली कामदारको अधिकार, सुरक्षा र आयस्तर सुधारमा समेत ध्यान केन्द्रित गर्ने जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *