काठमाडौं । एकताबद्ध भएर अघि बढ्ने सहमति काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमबीच मंगलबार भेटवार्ता भएको छ । भेटमा गौतमले आफ्ना दस्तावेज तथा पुस्तकहरु पार्टी अध्यक्षलाई हस्तान्तरण गरे ।
दुवैजनाबीच दस्ताबेज अध्ययन गर्ने र त्यस विषयमा अर्को भेटमा छलफल गर्ने सहमति भयो । अध्यक्ष नेपालले गौतमलाई यथाशीघ्र पार्टीमा एकतावद्ध भएर अघि बढ्न प्रस्ताव गरेका छन् ।
यो प्रस्तावलाई गौतमले सकारात्मक रुपमा लिएको र छिट्टै निर्णय गर्ने प्रतिवद्धता व्यक्त गरेको नेपालको सचिवालयले जनाएको छ । भेटमा एकीकृत समाजवादीका उपाध्यक्षद्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिवद्वय प्रकाश ज्वाला र गंगालाल तुलाधरको उपस्थिति थियो ।




