देश

मलेसिया स्वास्थ्य परीक्षण ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहितका आरोपीमाथि अनुसन्धान गर्न थप समय

काठमाडौं । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहितका प्रतिवादीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका आरोपीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० लाई अनुमति दिएको हो ।

बिहीबार अदालतबाट थप पाँच दिनको म्याद पाएसँगै प्रहरीले उनीहरूमाथिको अनुसन्धान जारी राख्ने भएको छ ।
यसअघि अदालतले दुवै पूर्वमन्त्रीसहितका प्रतिवादीलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उक्त अवधि पूरा भएपछि सीआईबीले अनुसन्धानका लागि थप समय माग गर्दै अदालतमा निवेदन दिएको थियो ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण प्रक्रियामा अनियमितता गरी ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । प्रहरीले घटनामा संलग्नता र अन्य पक्षबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *