देश

भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री बालेनबीच भेटवार्ता सुरु

नयाँ दिल्ली । दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच  भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित होटल ताजमहलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्न विदेशमन्त्री जयशंकर केहीबेरअघि पुगेका थिए ।

उनीहरूबीचको भेटवार्ता सम्पन्न भएको छ । जयशंकरसँगको भेटलगत्तै साँझ ७ बजे नेपाल–भारत बिजनेस फोरमको डिनर कार्यक्रम आयोजना गरिएको छ ।

यसअघि आजका लागि प्रधानमन्त्री शाहको अन्य कुनै कार्यक्रम तय गरिएको छैन ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार गरी ३४ सदस्य सहभागी छन् ।

त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *