अर्थ

सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घट्यो

काठमाडौं। नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेको छ ।

आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ४५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *