काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने प्रस्तावप्रति आशंका व्यक्त गरेका छन् ।
उनले दुवै तहको निर्वाचन एउटै समयमा गराउँदा राजनीतिक तथा प्रशासनिक जटिलता उत्पन्न हुन सक्ने भन्दै यस्तो निर्णयले मुलुकलाई दुर्घटनातर्फ धकेल्न सक्ने चेतावनी दिएका हुन् ।
निर्वाचनको विषयमा निर्णय गर्दा राजनीतिक अवस्था, संवैधानिक व्यवस्था र व्यावहारिक पक्षलाई गम्भीरतापूर्वक विचार गर्नुपर्ने उनको धारणा छ ।
प्रचण्डले निर्वाचन प्रणाली र समयतालिकाबारे हतारमा निर्णय लिनुभन्दा सबै पक्षसँग छलफल र सहमति कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।




