देश

सिंहदरबार भवन जलेपछि शिक्षा मन्त्रालय केशरमहलमा सर्‍यो

काठमाडौँ । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवनमा आगजनी गरेपछि मन्त्रालय अस्थायी रूपमा लैनचौरस्थित केशरमहलमा सरिसकेको छ।

आगोले प्रयोग अयोग्य बनेको कारण मन्त्रालयले सेवाहरू अवरुद्ध हुन नदिन केशरमहलबाट काम सुरु गरेको हो।

त्यसै गरी नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको पदभार ग्रहण कार्यक्रम पनि यही भवनमै आयोजना हुने तय भएको छ। मन्त्रालयको नेतृत्वका लागि वैज्ञानिक महाविर पुनको नाम सिफारिस भइसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *