देश

जसपा नेता अशोक यादवमाथि पक्राउ पुर्जी : एसपीलाई गाली गरेपछि कानुनी फन्दामा पर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश अध्यक्ष अशोक यादवमाथि सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कासँगको टेलिफोन संवादमा गालीगलौज गरेको आरोप लागेपछि उनीमाथि आपराधिक उपद्रव अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको हो।

एसपी खड्कासँग अशोक यादवको गालीगलौजयुक्त फोन संवादको अडियो सार्वजनिक भएपछि विवाद चुलिएको थियो। उक्त अडियो सामाजिक सञ्जालमा भाइरल बनेसँगै प्रहरीको ध्यान आकर्षित भएको हो। सर्लाही प्रहरी स्रोतका अनुसार, यादवविरुद्ध आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ। अदालतबाट पक्राउ अनुमति लिएपछि अब उनलाई खोजी कार्य तीव्र बनाइएको छ।

राजनीतिक पदमा बसेका व्यक्तिले प्रशासनिक पदधारीमाथि सार्वजनिक रूपमा अपशब्द प्रयोग गर्नु कानुनी मात्र होइन, नैतिक प्रश्नको विषयसमेत बनेको छ। यसले राजनीतिमा शिष्टाचार र जिम्मेवारीको खाँचो गहिरिएको संकेत गर्छ।

सार्वजनिक पद र जिम्मेवारी बोक्ने नेताहरूबाट कानुनसम्मत व्यवहार अपेक्षित हुन्छ। तर अशोक यादवजस्तो जिम्मेवार पदमा रहेका नेताबाट आएको यस्तो व्यवहारले राजनीतिमा हिंसा, दुव्र्यवहार र असहिष्णुताको खतरा झल्काएको छ। अब प्रश्न उठ्छ — के जसपा नेतृत्व यसप्रति स्पष्ट धारणा सार्वजनिक गर्छरु र, के कानुनले सबैका लागि बराबरी व्यवहार गर्न सक्छरु समयले उत्तर दिनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *