देश

सुमिरे भिजिट भिसा प्रकरणले रास्वपाभित्र चुलियो अन्तरद्वन्द्व , रास्वपामाथि थप नैतिक प्रश्न खडा

काठमाडौं । सुमिरे टुर एन्ड ट्राभल्सको भिजिट भिसा प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको राजनीतिक तापक्रम उच्च बनाएको छ। विशेषतः कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालद्वारा संसदमा उठाइएको विषयले पार्टीभित्र नेतृत्वको खिचातानीलाई थप तीव्र बनाएको देखिन्छ।

संघीय संसदमा अर्यालले भिजिट भिसाको नाममा गरिएको अनियमितता र गृहमन्त्रालयको भूमिकाप्रति प्रश्न उठाएपछि रास्वपाभित्रको अन्तरद्वन्द्व सतहमा आएको हो। यसअघि सन्दर्भित मेनपावर कम्पनी सुमिरे टुर एन्ड ट्राभल्समार्फत भिजिट भिसामा अनियमितता भएको आरोप सार्वजनिक भइरहे पनि संसदमा पार्टीकै नेताबाट उठाइएको आवाजले पार्टीभित्रको असन्तुलन झनै उजागर गरेको हो।

पार्टी स्रोतहरूका अनुसार यो विषय केवल नीति र पारदर्शिताको प्रश्न मात्र नभई नेतृत्वको प्रतिस्पर्धासँग समेत गाँसिएको छ। पार्टी सभापति रवि लामिछाने हाल सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेका बेला कार्यवाहक नेतृत्वको प्रभाव बढाउने प्रयासस्वरूप भिजिट भिसा प्रकरण उछालिएको भन्ने आन्तरिक बुझाइ समेत देखिएको छ।

राजनीतिक विश्लेषकहरू भन्छन्, रास्वपा जस्तो युवा राजनीतिक शक्तिमा यस्तो खिचातानीले दीर्घकालीन प्रभाव पार्न सक्छ। अब नेतृत्वको पुनर्संरचना र स्पष्टता नआए आन्तरिक द्वन्द्वले पार्टीलाई कमजोर पार्न सक्छ। भविष्यमा पार्टीको सभापति पदमा हुने होडबाजी र आन्तरिक सन्तुलन कसरी मिलाइन्छ भन्ने विषयले रास्वपाको आगामी राजनीतिक यात्रालाई निर्णायक मोडमा पुर्याउने देखिन्छ।

आइतबारको संघीय संसदको  प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबीच भिजिट भिसा प्रकरणलाई लिएर तीव्र नोकझोक भएको थियो । कांग्रेस सांसद रामहरि खतिवडाले आइतबार भन्दा अगाडी नै रास्वपाले आफूले गरेका काला कर्तुतहरु लुकाएर अरुमाथि खनिएको र सरकारले गरेका निर्णयहरुलाई समेत अपव्याख्या गर्दै सरकारभन्दा ठूलो हुन खोजेको भन्दै कार्यवाहक सभापति डिपी अर्यालले संचालन गरेको सो ट्राभल्सका बारेमा कुरा उठाएका थिए ।

आइतबारको संसदको प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले सो मेनपावर आफ्नो भएको र भिजिटि भिषामा वैदेशिक रोजगारमा नेपाली नागरिकहरु पठाइरहेको बताए । अर्यालले सो विषय संसदमा खोलेपछि रास्वपाभित्र अर्यालको विषयलाई लिएर विभिन्न मतहरु सार्वजनिक भइरहेका छन । रास्वपाभित्रको अनैतिकता र काला कर्तु ढाकछोप गर्न सक्ने कला भएको र नेपाली नागरिकहरुलाई नयाँ भन्नेहरुले नै ठग्न थालेको भन्दै अहिले चौतर्फी आलोचना समेत हुन थालेको छ । राजनैतिक सिनारिओमा त त्यो छदैँ थियो । अब आम नागरिकहरुले समेत रास्वपाको छविमाथि प्रश्न चिह्न खडा गर्ने र छल्ने प्रवृति बढेको भन्दै आलोचना चर्काउने छन् ।

भिजिट भिषा प्रकरण त्रिभुवन विमानस्थल अध्यागमन कार्यालमा भइरहेको अनियमितता र गैरजिम्मेवारीको विषयमा अनुसन्धान तथा सुधार गर्न बनाएको समितिमा समेत प्रश्न खडा गर्दै, संघीय संसदलाई नाराबाजीको स्टेज बनाइरहेको रास्वपा पार्टीलाई अब सभापति लामिछाने र कार्यबाहक सभापति अर्यालको कुर्ततले थप चिन्तामा पारेको छ । रास्वपाभित्र कुनै पार्टीसँग गठबन्धन गरेर अघि बढ्ने कुरा समेत प्रस्तावमा भएको बुझिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *