राजनीति

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता भ्रामक हल्ला चलाउनुमाथि संविधानमाथिको प्रहार : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नतासम्बन्धी आरोपलाई खारेज गरेका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै देउवाले यसलाई “झूटा र बेकारको कुरा” भने। उनले सरकारभित्र कुनै गम्भीर समस्या नरहेको स्पष्ट पारे। देउवाका अनुसार एमाले र कांग्रेस अलग–अलग पार्टी भएकाले कतिपय निर्णयमा मतभेद देखिनु स्वाभाविक हो। उनले ‘टेक एन्ड पे’ व्यवस्थाको विषयमा पनि सहमति भएपछि बजेट सजिलै पारित भएको जानकारी दिए।

“ठूलो समस्या थिएन, सानो असमझदारी थियो, हटाइएपछि बजेट पास भयो,” देउवाले भने। साथै, उनले कांग्रेसको १५ औँ महाधिवेशन तोकिएकै मितिमा हुने पुष्टि गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *