काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समय राजावादीको आन्दोलनप्रति आक्रोसित बनेका छन् । राजतन्त्र अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको १७ वर्षपछि राजावादीहरु पूर्वराजा ज्ञानेन्द्रलाई काँधमा बोकेर संघीय,समावेशी,धर्मनिरपेक्ष राज्यमाथि प्रहार गर्न थालेपछि सभापति देउवाले उनीहरुको गतिविधिप्रति गम्भिर आपत्ति जनाएका हुन् । गत चैत्र १५ गतेको देशको राजधानी तीकुने क्षेत्रमा भएको हिंशात्मक आन्दोलनदेखि जेष्ठ १५ गतेको राजावादी आन्दोलनलाई नजिकबाट नियाँलिरहेका सभापति देउवाले पछिल्ला दिनमा गणतन्त्रविरुद्ध राजावादी गतिविधि तीव्र बनाई संविधानमाथि बारम्बार प्रहार गर्न थालेपछि राजावादी शक्ति र पूर्वराजा ज्ञानेन्द्र शाहलाई कडा चेतावनी दिए ।
सोमबार बूढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवाले २०६२/६३ सालको जनआन्दोलनको स्मरण गर्दै संविधानको पर्दा पछाडि लुकेर राजसंस्थाको अस्त्र प्रयोग गर्दै आएका राजावादी र ज्ञानेन्द्र शाहलाई आगामी दिनमा पनि हिंशात्मक आन्दोलन गरी नेपाली जनताको अधिकार खोस्न खोजे नार्गाजुन छोडेर देश पनि छोड्न तयार हुनुपर्ने स्पष्ट पारे । कांग्रेस राजावादीको गतिविधिप्रति पूर्णरुपमा असमर्थ छ , सभापति देउवाले भने,‘यदि आन्दोलन केही दिन अझै चलेको भए, ज्ञानेन्द्रले देश छोड्नुपर्ने अवस्था आउँथ्यो। तर, हामीले संयमता देखायौं, यही कारण उनी अहिले देशमै छन्।” सभापति देउवाका अनुसार अब राजावादीहरुले संघीय लोकतान्त्रि गणतन्त्रले स्थापित गरेको संविधानको रक्षा नगरी बारम्बार व्यावस्थामाथि प्रहार गरे पूर्वराजा ज्ञानेन्द्रले देश छोड्न बाध्य हुनुपर्छ ।
पूर्व राजा ज्ञानेन्द्रले एक विज्ञप्ती जारी गरी अब समय आयो भन्दै आन्दोलनमा आउन राजावादीशक्तिहरुलाई निम्तो गरेपछि ,राप्रपा नेपाल र राप्रपाले पूर्व राजाालाई पर्दा पछाडि राखेर सडकदेखि संसदसम्म नै संविधानमाथि प्रहार गर्दै आएका छन् । नेपाली जनताको हक अधिकार खोस्ने रणनीति बनाएपछि सभापति देउवाले स्पष्ट रुपमा भनेका छन्,‘ अब पनि राजावादी शक्तिहरुले लोकतन्त्रमाथि प्रहार गर्न खाजे राजावादीको आन्दोलनको अवसान हुन सक्छ । ज्ञानेन्द्रलाई पर्दा पछाडी लुकाएर सन्देश दिएकै भरमा राप्रपा,राप्रपा नेपाल र राजावादी शक्तिहरु मिलेर सडकमा संविधानविपरितका नारा लगाउने, व्यक्तिका सार्वजनिक र नीजि सम्पतिमाथि तोडफोड गराउने र सडक बन्द गराउने ,सडकमा भाडाका सिपाई उतारेर देशमा अशान्ति पैदा गर्न खोजे पूर्वराजा ज्ञानेन्द्र शाहलाई नार्गाजुनमा सुरक्षा गार्डको व्यावस्था दिएर राख्न नसकिने र उनलाई देश निकाला गर्न सकिन्छ ।’
सभापति देउवाको अभिव्यक्तिप्रति सत्तारुढ दलका र्शीष नेताहरु माओवादी केन्द्रका अध्यक्ष , प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका दलहरुले सहमति जनाइसकेका छन् । राप्रपा, राप्रपा नेपाल र अन्य राजावादीहरुले अब लोकतान्त्रिक मुल्यमान्यता बमोजिम संविधानको रक्षा गर्दै सिस्टम रहेर सबै राजनैतिक दलसँग हातेमालो गर्दै अघि बढने विषयमा समिक्षा गर्न आवश्यक छ । लोकतान्त्रिक पद्धतिबाट निर्वाचित भएर संसदमा गएर राजा चाहियो ,आन्दोलन गर्छौ भन्दै हिंशा भड्काउन राप्रपा नेपाल र राप्रपाका सांसदहरुलाई छुट छैन ।
गत चैत्र १५ गत्ते तीनकुने क्षेत्रमा गरेको हिंशात्मक आन्दोलनबाट मावनीय तथा करोडौँको भौतिक क्षेतिपूर्ति तिर्न सरकारले राजावादीलाई स्पष्ट निर्देशन दिएपनि उनीहरुले सरकारको निर्देशनलाई अवज्ञा गर्दै आएका छन् । पूर्वराजालाई लक्षित गर्दै देउवाले भने, “संविधानले नचिनेको व्यवस्था फेरि फर्काउने सपना देख्नु घातक हो। यसलाई नागरिकहरुले स्वीकार्न सक्दैनन् । ठूला त्याग तपस्या र बलिदानबाट ल्याएको परिवर्तनलाई नष्ट गर्ने सपना देख्नु राजावादीको मूर्खता मात्र होइन्,निरङकु शासन लाद्ने रणनीति हो, त्यस्को जनता त्यसको प्रतिकार गर्न बाध्य हुन्छन् ।
नेपाली कांग्रेसले लोकतन्त्र पुनःस्थापनाको इतिहासमा निर्णायक भूमिका खेलेको छ, अहिले पनि लोकतान्त्रिक व्यवस्थाको रक्षामा उभिन तयार देखिएको छ। वर्गीय ,क्षेत्रीय ,लिङ्गीय ,समावेशी ,धर्मनिरपेक्ष बहुदलमा विश्वास गर्ने शक्तिमाथि अस्त्र प्रयोग गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रिक नेपालमाथि हमला गर्नेमाथि संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले शसक्त रुपमा आवाज उढाउदैँ आएको छ । कांग्रेसले २०३६ सालको आन्दोलन , २०४६/०४७ को निरङकुश पंचायती शासन र जनतामाथिको कालो बादल हटाउन १०४ वर्षीय जहानिया राणाशासन फाल्दै २०६२/०६३ को आन्दोलन सफल पार्दै नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गर्दै संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाह पर्दा पछाडी बसेर संविधान विरोधी खेल खेलिरहेका छन् । पर्दा पछाडी बसेर व्यावस्था विरोधी आन्दोलन, चियापान भेटघाट, सोल्टी होटलका बैठकहरू र विदेशी कूटनीतिज्ञहरूसँगको अप्रत्याशित भेटघाटहरूमा संलग्न हुन थालेपछि कांग्रेस सभापति देउवाले यस्तो कडा निर्देशन दिएका हुन् । रातन्त्रात्मक देशहरुमा पनि संविधानलाई नमान्ने ,व्यावस्थामाथि प्रहार गरे देश निकाला गर्ने मुल्यमान्यता कायम नै छ । सोही अनुसार सभापति देउवाले देशलाई अशान्तिको दिशामा धकेल्ने गतिविधिमा उदत पूर्वराजा ज्ञानेन्द्र र स–परिवारसहित लोकतान्त्रिक दलहरु लागे सबैको बाटो बन्द गर्ने दिशामा कांग्रेसले संविधानको भावना अनुसार अघि बढ्ने रणनीति बनाएको स्रोतको दाबी छ ।
शक्तिको स्रोत जनतामा सीमित हुने गणतान्त्रिक मान्यता भत्काउन खोज्नु केवल राजसंस्थाको पुनर्स्थापनाको प्रयास होइन, संविधानमाथि खुला चुनौती भएको बेला राजनैतिक दलहरु चुप लागेर बस्न नसक्ने स्रोतको भनाइ छ । पूर्वराजाको राजनीतिक सक्रियता, सडकमा राजावादी समूहको चहलपहल र अराजक गतिविधि बढ्न नदिन सरकारले विशेष अभियानलाई तयारीका साथ अघि बढाउन थालेको छ ।




