देश

सङ्क्रमणकालीन न्याय आयोगका अध्यक्षमा थापा र गड्तौला सिफारिस

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका अध्यक्ष पदका लागि उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र पूर्वमुख्यसचिव लिलादेवी गड्तौला सिफारिस भएका छन्।

आइतबार बसेको पदाधिकारी सिफारिस समिति ९सर्च कमिटी० को बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग को अध्यक्षका लागि महेश थापा र बेपत्ता छानबिन आयोग को अध्यक्षका लागि लिलादेवी गड्तौलाको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

थापा र गड्तौलासहित आठ सदस्य सिफारिस
सर्च कमिटीले थापा र गड्तौलासँगै आयोगका पदाधिकारीका लागि थप आठजनाको नाम पनि सिफारिस गरेको छ। यद्यपि, सर्च कमिटीकी प्रवक्ता लिली थापाले नामहरू मन्त्रालयलाई बुझाउने प्रक्रियामा रहेकाले सबै नाम अहिले नै सार्वजनिक गर्न नमिल्ने स्पष्ट पारिन्।

१११ जनाको आवेदन, १० जनाको छनोट
आयोगले पदाधिकारी नियुक्तिका लागि खुला गरेको आवेदनमा १११ जनाले निवेदन दिएका थिए। तीमध्ये ३४ जना सर्टलिस्टमा परेका थिए भने अन्तिम रूपमा १० जनालाई आयोग पदाधिकारीका लागि सिफारिस गरिएको हो।

सरकारले अब मन्त्रिपरिषद् बैठकमार्फत सिफारिस भएका नामहरूलाई औपचारिक रूपमा नियुक्ति दिने प्रक्रिया अघि बढाउनेछ। यी नियुक्तिले सङ्क्रमणकालीन न्याय प्रक्रिया अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *