काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी छलफलमा समसामयिक राजनीति र नीति तथा कार्यक्रमका विषयमा कुराकानी भइरहेको स्रोतले जानकारी दिएको छ।
छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुलाई पनि आमन्त्रण गरिएको थियो। तर, प्रचण्ड उपस्थित नभएकाे प्रचण्ड सचिवालयले जनाएकाे छ । शीर्ष नेताको भेटवार्तामा सरकारका तर्फबाट भोली संसद्मा पेश हुने आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम, टीआरसी लगायतका विषयमा कुराकानी भएको बुझिएको छ । गर्भनर नियुक्तिको विषयमा समेत छलफल हुन सक्ने अनुमान गरिएको स्रोतको दाबी छ ।




