राजनीति

अफ्ठ्यारो मोडमा मात्र राप्रपा र राप्रपा नेपाल एक ठाउँमा,तीनकुने घटनामा सरकारलाई दबाब दिने रणनीतिकाे जालो

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको पक्षमा आज काठमाडौंमा आयोजना हुन लागेको कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा सँगै सहभागी  भएका छन्। यस अवसरमा उनीहरूले तीनकुने घटनामा संलग्न दोषीलाई विनासर्त रिहा गर्न सरकारलाई दबाब दिने घोषणा गरेका छन्।

कमल थापा नेतृत्वको राप्रपा नेपालले आज काठमाडौंको शान्तिवाटिकामा सभा आयोजना गरेको छ, जसमा राप्रपा नेपालका अध्यक्ष लिङ्देनलाई अतिथिका रूपमा बोलाइएको छ। लिङ्देनले कार्यक्रममा सहभागी हुने पुष्टि गर्दै भने, म अतिथिको रूपमा बोल्न जान्छु,।

यस कार्यक्रमको विशेषता भनेको, कमल थापा र राजेन्द्र लिङ्देन पछिल्ला वर्षहरूमा राजनीतिक प्रतिद्वन्द्वीका रूपमा देखिएका थिए। दुवै नेताहरू राजसंस्थाको पक्षमा भएका गतिविधिमा सहभागी भएपछि उनीहरू नजिकिएका छन्। यी दुई नेता पहिले एउटै पार्टीको सदस्य थिए, राप्रपाको नेतृत्वमा लिङ्देन चुनाव जितेपछि थापाले नयाँ पार्टी गठन गरेका थिए। त्यसपछि आन्तरिक संघर्ष र थापाले निर्मल निवासमा हस्तक्षेपको आरोप लगाएका थिए, जसले गर्दा उनीहरूबीचको सम्बन्ध चिसो परेको थियो।

आजको कार्यक्रमले यी दुई नेताहरूको एकता र राजसंस्थाको पक्षमा कसम कस्न लागेको छ। राप्रपा नेपालका महामन्त्री धवलशम्शेर राणा र संविधान संशोधनका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी पनि कार्यक्रममा उपस्थित  छन्।

कमल थापाले सामाजिक सञ्जालमा हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा हामी एकठाउँमा रहने छौँ भन्दै साझा मञ्चमा पहिलोपटक देखिन लागेको भन्दै यसलाई ऐतिहासिक क्षणको रूपमा उल्लेख गरेका छन्।

यसअघि, फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह को स्वागत कार्यक्रममा थापा सहभागी भएका थिए भने, चैत १५ गते तीनकुने मा राजावादीहरूको आयोजना गरिएको कार्यक्रममा राप्रपा र राप्रपा नेपालका नेताहरूले सँगै उपस्थिति जनाएका थिए। तीनकुने घटनासँग सम्बद्ध दोषीलाई विनासर्त रिहा गर्न सरकारलाई दबाब दिन राप्रपा र राप्रपा नेपालका नेताहरूले आजको कार्यक्रममा आवाज उठाएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *