राजनीति

शिक्षकका समस्या संवादबाटै समाधान गर्ने शिक्षामन्त्री पन्तको प्रतिबद्धता

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकहरूका माग र समस्याहरू वार्ता र छलफलमार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले शिक्षक आन्दोलनप्रति संवेदनशीलता जनाउँदै समस्या बुझेर संवादमार्फत अघि बढ्ने बताए।

“अहिले भर्खरै मन्त्रालय सम्हालेको छु,” मन्त्री पन्तले भने, “शिक्षकहरूको मागबारे जानकारी पाएको छु। मन्त्रालयका अधिकारीहरू वार्ताका लागि पहल गरिरहेका छन्। म पनि बुझाइपछि आफ्नो धारणा बनाउनेछु।”

शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन्। आन्दोलनले शैक्षिक वातावरणमा असर पारिरहेको भन्दै चाँडो समाधानको माग बढिरहेको छ। नयाँ शिक्षामन्त्रीले माग सम्बोधन गर्ने प्रतिवद्धता दिएपछि आन्दोरनरत शिक्षकहरुले खुशी व्यक्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *