काठमाडौं । नयाँ संसद अधिवेशनको पहिलो दिन प्रतिनिधिसभाको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनबाट सुरु हुने भएको छ। सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा यो कार्यसूची तय गरिएको हो।
सत्तारूढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएअनुसार, बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री ओलीले देशको समसामयिक राजनीतिक, सामाजिक र आर्थिक विषयहरूमा आफ्नो धारणा सार्वजनिक गर्नेछन्।
प्रधानमन्त्रीको सम्बोधनमा सडकमा उठेका जनताका माग, प्रतिपक्षका सरोकारहरू र सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमहरू समेटिने तयारी गरिएको छ। संसदको पहिलो दिन प्रधानमन्त्रीको सम्बोधनले राजनीतिक तापक्रम चढाउने अपेक्षा गरिएको छ, विशेषगरी सरकार र प्रतिपक्षबीचको संवाद र सम्बन्धका सन्दर्भमा। संसदको प्रारम्भसँगै राष्ट्रिय राजनीतिमा पुनः गम्भीर बहस सुरु हुने संकेत देखिएको छ।
भोलीबाट वर्षे अघिवेशन सुरु हुनेछ । प्रधानमन्त्री ओली सो अधिवेशनमा नै नागरिकका समस्या र समसामयिक राजनीतिक, आर्थिक लगायतका विषयमा सम्बोधन गर्ने जनाइएको छ ।




