राजनीति

सरकारविरुद्ध बोलेपछि ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री कान्छाराम ९पूर्णबहादुर० तामाङलाई पदबाट बर्खास्त गरेका छन्। बुधबार अपराह्न भएको निर्णयसँगै तामाङको राज्यमन्त्री कार्यकाल अन्त्य भएको हो।

तामाङले हालै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हटाइप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक रूपमा सरकारको आलोचना गरेका थिए। सरकारभित्रै बसेर सार्वजनिक रूपमा यस्तो विरोध गर्नु उचित नभएको भन्दै प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गर्ने निर्णय लिएको स्रोतले जनाएको छ।

सरकारको निर्णयविरुद्ध बोल्नु प्रधानमन्त्री ओलीका लागि अस्वीकार्य रहेको र यही कारण उनले तामाङप्रति असन्तोष व्यक्त गर्दै बर्खास्तको निर्णय लिएको स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *