काठमाडौं । चैत १५ गतेको तीनकुने घटनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० थप सचेत बनेको छ। मंगलबार बल्खुमा सरकारलाई खबरदारी गर्न आयोजना गरिएको सभामा बोल्दै राप्रपा अध्यक्षले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पत्र नकाटन आग्रह गरेका छन् । अध्यक्ष लिङदेनले गत चैत्र १५ गते राजावादीले तीनकुने क्षेत्रमा गरेको हिंशात्मक आन्दोलनबाट उपत्पन्न फोहोर व्यवस्थापन नगरेवापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको स्मरण गर्दै आजको कार्यक्रममा भएको फोहोरको जिम्मा आफैँ हुने भन्दै नेता तथा कार्यकर्ताहरुलाई सफा गर्न निर्देशन दिए ।
राप्रपाका नेताहरूले महानगरलाई पत्र काटेर आयोजकमाथि दबाब सिर्जना नगर्न अनुरोध गर्दै, त्यस क्षेत्रको सरसफाई आफैंले गर्ने प्रतिबद्धता जनाएका हुन् । उनीहरूले घटनाको संवेदनशीलता बुझ्दै आगामी दिनमा जिम्मेवार ढंगले कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।
राप्रपाले तीनकुने प्रकरणका कारण उठेको चासोलाई ध्यानमा राख्दै पार्टीको तर्फबाट कार्यक्रम सञ्चालन गर्दा सहरको सुव्यवस्था र सरसफाईलाई असर नपर्ने सुनिश्चित गरिने जनाएको छ। पार्टी नेतृत्वले भनेको छ, हामी संविधानसम्मत शान्तिपूर्ण अभिव्यक्तिका पक्षमा छौं, तर त्यसका नाममा सार्वजनिक सम्पत्ति वा महानगरको संरचनामा क्षति नहोस् भन्ने हाम्रो स्पष्ट प्रतिबद्धता हो।
यो प्रतिबद्धता राप्रपाले मेयर बालेन र महानगरप्रति देखाएको सहकार्यको संकेत पनि हो, जसले राजधानीको व्यवस्थापन र राजनीतिक गतिविधिबीच सन्तुलन कायम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। गत चैत्र १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको हिंशात्मक आन्दोलनबाट मानवीयसहित करोडौँको भौतिक तथा सार्वजकि सम्पतिमाथि क्षेति पुगेको थियो ।




