राजनीति

बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भयो संसद् बैठक

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्न नपाउँदै स्थगित भएको छ । बैठक १७ गते बिहान ११ बजेसम्मका लागि सारिएको छ ।

यसअघि बिहान ११ बजेका लागि निर्धारण गरिएको बैठक संसद् सचिवालयले दिउँसो १ः१५ मा बस्नेगरी सूचना टाँसेको थियो । तर, सहमति जुट्न नसक्दा बैठक नै स्थगित गरिएको हो ।

सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि सहमति जुट्न सकेन ।

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै सदन अवरोध गरिरहेका छन् ।

सहमति नजुटेपछि प्रतिनिधि सभा बैठक १७ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *