राजनीति

राजावादी फन्डामा कांग्रेस –एमालेको गठबन्धन टुटाएर सरकार परिवर्तन गर्ने राप्रपाको रणनीति

काठमाडौं। नेपाली राजनीतिमा अहिले गठबन्धन सरकारको स्थिरतालाई लिएर अनिश्चितताको माहौल छ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारलाई अस्थिर पार्ने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजावादीको फन्डा बनाएर नेपाली कांग्रेस र एमालेको गठबन्धन तोड्ने रणनीति अगाडि सारेको स्रोतको दाबी छ ।

राप्रपाको यो रणनीति नेपाली राजनीतिमा राजावादी विचारधाराको पुनरुत्थान गराउने र गणतन्त्र विरोधी शक्तिहरूलाई संगठित गर्ने प्रयाससँग जोडिएको छ। पार्टीले राजावादी विचारधारालाई पुनर्जीवित गरी नेपाली कांग्रेस र एमालेबीचको गठबन्धनमा दरार पार्ने योजना बनाएको छ। सो कारण सरकार अस्थिर हुने र अन्ततः सरकार परिवर्तन हुने सम्भावना देखिए पनि सरकारले राजावादीहरुलाई लोकतान्त्रिक प्रणालीमा आवद्ध रहेर निर्वाचनको माध्यमबाट राजनीतिमा प्रवेश गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्देशन दिइसकेका छन् ।

सरकारको निर्देशनले राजावादीहरुले पुनः एक पटक विस्तृतमा सोच्न थालेका छन् । राप्रपाभित्रको दुई धारका कारण नेपालमा राजतन्त्र आवश्यक नरहेको पुष्टि गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन वास्तविक राजा ल्याउने पक्षमा देखिदैनन् तर लोकतन्त्रमा देखिएका विकृतहरुलाई सुधार गरेर सरकार अघि बढ्नुपर्ने अध्यक्ष लिङदेनको सन्देश छ ।

राप्रपाले सरकार परिवर्तन गर्न र कांग्रेस एमालेको गठबन्धन टुटाउन राजावादीको फन्डाको प्रयोग गरेको खुल्दै आएको छ । राजावादी विचारधारालाई पुनर्जीवित गर्ने राप्रपाको योजनाले नेपाली कांग्रेस र एमालेबीचको ऐतिहासिक मतभेदलाई उजागर गर्ने प्रयास गरेको छ। राप्रपाका नेताहरूले राजावादी विचारधारालाई आधार बनाएर दुवै पार्टीका नेतृत्वलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन्।

नेपाली राजनीतिमा प्रचण्ड नेतृत्वको सरकार ढलेपछि राजनीतिक स्थायित्वका लागि गठीत दुई तिहाईको कांग्रेस एमाले सरकारको गठबन्धन कम्जोर बनाउन राप्रपाले राजावादीको आन्दोलन सुरु गर्ने निर्णय गरेको संचारमाध्यमहरुमा प्रकाशित समाचार तथा विश्लेषण र राप्रपाका नेता तथा राजावादीहरुले संचारमाध्यममा दिएका अभिव्यक्तिले छर्लङ्ग पारेको छ । राप्रपाको योजनाले यसलाई अझ बढाउने देखिन्छ। तर नेपाली कांग्रेस र एमालेबीचको गठबन्धनको सरकार निकै बलियो छ । त्यसपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत साँचिकै राजा ल्याउने भए कांग्रेस एमालेको गठबन्धनको सरकारलाई आफूले साथ दिने बताइसकेका छन् ।

राप्रपाको यो रणनीतिले सरकार परिवर्तनको सम्भावना बढाएको छ। यदि गठबन्धन टुट्यो भने अर्को गठबन्धन बन्न सक्छ वा नयाँ निर्वाचनको माग उठ्न सक्छ। यसले नेपाली राजनीतिमा ठूलो उथलपुथल ल्याउन सक्छ। राजनीतिक विश्लेषकहरूले राप्रपाको यो रणनीतिलाई नेपाली राजनीतिमा अस्थिरता फैलाउने प्रयास भएको प्रक्रिया दिएका छन् । उनीहरूले यो रणनीतिले देशको राजनीतिक स्थिरतालाई प्रभाव पार्न सक्ने राजनैतिक घटनाक्रमले प्रष्ट पारेको  भनाइ छ । राप्रपाको यो रणनीतिले नेपाली राजनीतिमा नयाँ मोड ल्याएको छ। सो नयाँ मोडलाई सही ठाउँमा बसाउने दिशामा देशका ठूला राजनीतिक दलहरु र नेता तथा कार्यकर्ताहरुको आन्तरिक सल्लाह समेत गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *