राजनीति

रास्वपा नेता खनाल र श्रेष्ठको अभिव्यक्तिप्रति कांग्रेस नेताको कडा आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनाल र सांसद सुमना श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत तारकेश्वर–९ मा पर्ने लोकतान्त्रिक चोकको जग्गा कब्जामा लिएको आरोप लगाएपछि नेपाली कांग्रेसले सो अभिव्यक्तिमाथि कडा आपत्ति जनाएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू शिशिर खनाल र सुमना श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत तारकेश्वर–९ मा पर्ने लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताको कब्जामा रहेको बताएपछि कांग्रेसका नेताहरुले सो विषयमा झुट्टो भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका हुन् ।

त्यसक्षेत्रको कित्ता नम्बर ६२ र ६३ कांग्रेसका नेताले कब्जा लिई भोगचलन गर्दै आइरहेको स्थानीयको गुनासो रहेको रास्वपाका सांसदहरूले बताएका थिए । यस सम्बन्धमा उजुरीका बाबजुत स्थनीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरको भनेर उनीहरूले सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि कांग्रेसकी सचेतक सुशीला थिङ, सांसद राजेन्द्र केसी, राजेन्द्र बजगाईं लगायतले आपत्ति जनाएका हुन् ।

तथ्यहीन आरोप लगाएको भन्दै उनीहरूले रास्वपाका सांसदद्वय खनाल र श्रेष्ठको आभिव्यक्ति हटाउन माग गरेका छन् । सभामुख घिमिरेले संसद्‍मा राखेको विषय तथ्यमा आधारित हुनुपर्ने बताएका छन् । सो विषय तथ्यमा छ वा छैन भन्ने विषयमा स्वयम सांसद जिम्मेवार हुनुपर्ने सभामुख घिमिरेले बताए । सभामुख देवराज घिमिरेले सो रेकर्ड सत्य तथ्य छानबिन भएपछि हटाउने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *