देश

कुलमान हटाउने विषयमा मन्त्रिपरिषदको बैठकले के गर्ला निर्णय ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम र विशेष गरी बोल्ड निर्णयका लागि सोमबार (आज) साँझ पाँच बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबारसाँझ विविध नीतिगत निर्णयका लागि मन्त्रिपरिष बोलाइएको छ । बैठक केहीबेरपछि बस्ने बुझिएको छ ।

मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे के निर्णय गर्ला भन्ने विषय चर्चाको विषय बनेको छ । कार्यकारी निर्देशन घिसिङले सरकारको निर्णय नमानेको र पछिल्लो समय प्राधिकरण मनमानी ढङगबाट संचालन गरेको विषयमा सरकारले असन्तुष्ट पोख्दै आएको छ । निर्देशक घिसिङल उद्योग व्यावसायीहरुलाई डेडिकेटेड र ट्रङलाईन विद्युतको बक्यौता नबुझाएको भन्दै सहमती नगरी मनमान ढङ्गबाट तार काटेर प्राधिकरणलाई घाटामा लगेका छन् । सो विषयमा प्रधानमन्त्री र उर्जा तथा जलस्रोतमन्त्रालयले बारम्बार स्पष्टीकरण सोध्दै आएको छ ।समस्या समाधानको बाटो रोज्नुको सट्टा माओवादीको सर्पोटमा लागेर उल्टै सरकारविरोधी अभिव्यक्ति दिदैँ आएपछि घिसिङविरुद्ध आलोचना हुँदै आएको छ ।

उर्जामन्त्री दीपक खड्काले केही दिन अघि संसदमै कुलमानले सरकारको निर्देशन नमानेको र प्रचारबाजीमा उत्रने गरेको टिप्पणी गर्दै उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मन्त्री खड्काले घिसिङलाई हटाउन प्रस्ताव मन्त्रिपरिषदमा लगिसकेको स्रोतले जनाएको छ । सो सूचना पाएपछि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकार षड्यन्त्रपूर्वक कुलमान हटाउन लागिपरेको बताउँदै सरकारको विरोधमा लागेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *