देश

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य सुधारोन्मुख, भेटघाट बन्द

काठमाडौं । पोखरामा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

हाल सघन उपचार कक्षमा उपचार जारी छ र हिजोभन्दा आज स्वास्थ्यमा सुधार आएको छ। घाउको ड्रेसिङ गरिए पनि अवस्था नियमित अद्यावधिक हुने जनाइएको छ। संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अस्पतालले पूर्ण रूपमा भेटघाट बन्द गरेको छ।

उपचारमा प्रा. डा. प्रवीण गिरीको नेतृत्वमा सघन उपचार कक्षको टोली सक्रिय छ। यस्तै, प्रा. डा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादव लगायतका जलन विशेषज्ञहरूको टोली, आकस्मिक उपचारका लागि डा. प्रयुस अर्याल र रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायत नर्सिङ टोली पनि संलग्न छन्।

घटनापछिको उपचारमा सबै स्वास्थ्यकर्मीहरू निरन्तर खटिएका छन् र दुवै घाइतेको अवस्था सुधार हुँदै गएको अस्पतालले पुष्टि गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *