देश

सभापति देउवाले भने- हामी सँगै जेल बसेका हौँ, अविश्वास गर्नुपर्ने कुरा छैन

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज कास्कीको पोखरामा आयोजित जिल्ला पार्टी सभापति र जिल्ला प्रशिक्षण प्रमुखहरूको अभिमुखीकरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन्।

देउवाले भने, “वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेका साथी हौँ। धेरै दुख कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो,” उनले थपे, “झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो। हामी मुख्य प्रतिस्पर्धी हौँ, तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने कुरा छैन।”

साथै, उनले प्रमुख प्रतिस्पर्धी दलसँग सरकार बनाउँदा केहि समस्याहरू आउन सक्ने भन्दै समाधानको आवश्यकता रहेको बताउँदै भने, “मुख्य प्रतिस्पर्धी पार्टीसँग मिलेर सरकार बनाएको हुनाले केही असहमति आउन सक्छन्, केहि समस्या आउन सक्छन्। त्यो समस्या समाधान गर्नुपर्ने आवश्यक छ। स्थिरता भयो भने नेपालको विकास अझै हुनसक्छ। अहिले हुनुपर्ने जति विकास हुन सकेको छैन।”

उनले सरकार स्थिरता कायम गर्न र देशको विकासको लागि साझा प्रयास आवश्यक रहेको बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *