काठमाडौं । नेकपा एमालेबाट फुटेर स्थापित भएको नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टीसंगठनप्रति एमालेले गरेको अभ्यासलाई आफ्नो पार्टीमा लागू गरेपििछ अहिले अध्यक्ष नेपालको चौतर्फि आलोचना भएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीले दुई भ्रातृ संगठनका अध्यक्षहरूलाई अन्तरपार्टी निर्देशन (अपानि) बाटै जिम्मेवारीबाट हटाएपछि एकिकृत समाजवादीमा पनि ओली प्रवृति देखिएको भन्दै नेता तथा कार्यकर्ताहरुले अध्यक्ष नेपालले समाजवादी पार्टीलाई कुन दिशा तिर धकेल्न खोजेको भन्दै प्रश्न चिह्न खडा गरेका छन् ।
माघ १४ गते अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशनमार्फत एकीकृत समाजवादीको युवा संघ नेपाल र अनेरास्ववियूका केन्द्रीय अध्यक्षलाई जिम्मेवारीमुक्त गराएपछि अहिले अध्यक्ष नेपालको नेतृत्व शैली र अधिनायकवाद भएको भन्दै नेता तथा कार्यकर्ताहरुले आलोचना गर्न सुरु गरेका हुन् ।
आफूले पार्टीको निर्णय भन्दा पनि पूर्वाग्राही ढङगले जिम्मेवारीबाट हटाएकोप्रति चर्को आवाज उठाउँदै युवासंघका अध्यक्ष कृष्णकुमार विश्वकर्माले आपत्ति जनाउँदै आफूहरूसँग असहमति लेख्नुबाहेक अरू विकल्प नभएको बताएका छन् । उनले पार्टीले संगठनको जिम्मेवारी हेरफेर गर्नुपर्नेमा पूर्वाग्रह ढङगबाट आफूलाई जिम्मेवारीबाट हटाएको भन्दै अरु संगठन र आफ्नो पार्टीको संगठनको निर्णय फरक हुन नहुने उल्लेख गरेका छन् । विश्वकर्माले सो विषयमा आफूप्रति भएको गुनासो पार्टीलाई लेखेर बुझाउने समेत उनले बताएका छन् । सो विषय केन्द्रीय कमिटीका लागि छलफल समेत हुन सक्ने समेत उल्लेख गरे ।
अध्यक्ष नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा अन्य भ्रातृ संगठनका नेताहरूलाई वैशाखसम्म अधिवेशन गर्ने र कार्यवाहक तोक्ने अधिकार प्रत्यायोजन गरिएपनि पार्टी निकट अनेरास्वियुका अध्यक्ष आरती लामा र युवा संघ नेपालका अध्यक्ष विश्वकर्मालाई अपानिमार्फत जिम्मेवारी मुक्त गरेको उल्लेख गरिएको छ । अध्यक्ष नेपालले नेकपा एमाले अध्यक्षको कार्याशैली र नेतृत्वशैली अपनाएको भन्दै त्यसले पाटीलाई हानी पु¥याउने समेत एकिकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले सामाजिक संजालमा सो विषयलाई बहसको विषय बनाएपछि एकिकृत समाजवादी पार्टीका अध्यक्ष नेपालको चर्को आलोचना भएको छ । सो विषयमा अध्यक्ष नेपाल मौन छन् ।
पार्टीका एक नेताले अरूलाई अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न भनिएकोमा दुई जनाको हकमा मात्र सङ्गठनको नेतृत्वबाट मुक्त गर्नु तर्कसङ्गत नभएको बताएका छन् । लामा र विश्वकर्मा नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल निकट हुन् । दसौँ महाधिवेशनमा खनालले अध्यक्षको प्रतिस्पर्धा नगरेपछि विश्वकर्मा र लामा दुवै महासचिव भुसालको पक्षमा खुलेर बोलेका थिए । सो महाधिवेशन गत असारमा भएको थियो ।
अखिल अध्यक्ष लामाले एउटा जिम्मेवारीबाट अर्को जिम्मेवारी पाउनु पार्टीमा स्वाभाविक भएको तर विधिसम्मत नभएकोप्रति आफूहरूको गुनासो रहेको बताएकी छिन् । विधि विद्यान संगठन निर्माणका लागि नयाँ नेतृत्व छनोट भएको तर संस्था संचालन र देशलाई सिस्टममा चलायमान बनाउन गठन गरिएको संथामा जिम्मेवार व्यक्तिले त्यो नगरेको भन्दै उनले आपत्ति जनाएकी छिन् । दुवै पार्टी केन्द्रीय सदस्य नेताहरूको नयाँ जिम्मेवारीमा विश्वकर्मालाई म्याग्दी जिल्लाको इन्चार्ज र लामालाई सर्लाही जिल्लाको सहइन्चार्ज तोकिएको छ । एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेले विधानअनुसार नै विश्वकर्मा र लामालाई पार्टीले अन्य जिम्मेवारी दिएको दाबी गरेका छन् ।
‘पार्टीको विधानले व्यवस्था गरेअनुसार केन्द्रीय कमिटी सदस्यलाई जनवर्गीय सङ्गठनको अध्यक्ष वा जिल्ला अध्यक्ष बन्न रोकेको भन्दै पाण्डेले रा जिल्ला अध्यक्षहरू समेत फिर्ता गर्ने तयारीमा रहेको बताएका छन् । एकिकृत समाजवादीभित्र देखिएको गुट र उपगुटले विगतदेखि नै अध्यक्ष नेपालको आलोचना हुँदै आएको छ । अध्यक्ष ओलीले पाटीभित्र र पार्टीका विरुद्धमा बोल्नेमाथि भिम रावलसहित चर्चित अनुहारमाथि कारबाही गरेपछि एमालेमा पनि गुट र उपगुटमा असन्तुष्टि छाएपछि थियो । यस्तै अहिले अध्यक्ष नेपालले पनि एकिकृत समाजवादीमा शोही प्रक्रिया अपनाउन खोजेको भन्दै नेता तथा कार्यकर्ताहरुले चर्को आलोचना गरेका छन् ।




