काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले आजदेखि काठमाडौंमा सुरु भएको प्रथम युवा कानुन व्यवसायी सम्मेलनको उद्घाटन गर्दै यस्तो बताएका हुन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको प्रथम युवा कानुन व्यवसायी सम्मेलनको आयोजना भएको छ ।
बुधबारदेखि काठमाडौंमा आयोजित सो सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्नैपर्ने भन्दै आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने र भए नियन्त्रण गर्ने कुरामा सरकारले ध्यान राखेको बताए ।
प्रधानमन्त्री ओलीले आफ्नो श्रीमती (राधिका शाक्य) को नाममा स्वीट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ भन्ने भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति समेत जनाए । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्नेकुरा स्टन्टबाजी नभएको दाबी गरे ।
वर्तमान सरकारले नेपालमा ‘भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुन भएको महसुस हुने ढङग्बाट काम जारी राखेको प्रधानमन्त्री ओलीले बताए । भ्रष्ट्राचार गर्ने जो कोहीलाई पनि कारबाही गर्ने दोषिलाई दण्डित गर्ने दिशामा सरकार अगाडी बढेको बताउँदै उनले सरकारलाई थाहा भएको जतिमा भ्रष्टाचार सम्बन्धि मुद्धामाथि छानबिन गरी दोषिलाई सजाय र पीडितलाई न्याय दिने विषयमा अगाडी बढेको बताए । सरकारले देशमा पछिल्लो समयमा देखा परेको सहकारी ठगी प्रकरण र संगठित अपराधका विषयमा अनुसन्धानको सुई घुमाइरहेको छ ।
तर अदालतले सहकारी पीडितलाई मारमा पर्ने गरी सरकारी वकिल र प्रहरीले गरेको अनुसन्धानमाथि बसेर सहकारी ठगी गर्नेहरुलाई उन्मुक्ति दिनुले पीडित झन बढी पीडामा पर्ने भन्दै सो प्रकरणका विषयमा चर्को आलोचना भइरहेको छ । सहकारी ठगी प्रकरणका मुख्य योजनाकार,संगठित अपराध बढाउन प्रेरित गर्ने मुख्य रुपमा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने, छविलाल जोशी, मुख्य योजनाकारका नाइके जीविराईसहितको समुहमाथि अनुसन्धान जारी छ ।
प्रधानमन्त्री ओलीले भने –यसो फेसबुक खोलेर हेरेको हिन्दीमा एक जनाले भनिरहेका थिए, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यको नाममा स्विट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ । सुन्दा रिस उठ्नुपर्ने अब त रिस उठ्न पनि छोड्यो । मजा लाग्छ । यस्तो भन्नेहरू त धर्तीमा एकै खालका मान्छेहरु हुँदो रहेनछ क्या ।’ प्रधानमन्त्री ओलीले देश र जनताप्रति निष्ठा राखेर र इमान्दार भएर काम गर्न सबैलाई आग्रह गरेका छन् ।




