राजनीति

पूर्व राष्ट्रपति भण्डारी र पूर्व उपराष्ट्रपति पुनको राजनीतिमा पुनः फर्केने चाहाना तिव्र !

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सक्रिय राजनीतिमा फर्किने तयारीलाई तिव्रता दिएका छन् । एमालेले भण्डारी र माओवादी केन्द्रले पुनलाई सक्रिय राजनीतिमा ल्याउने विषयमा दुई पार्टीले नै ठोस निर्णय भने निकालिसकेका छैनन् । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्व राष्ट्रपति पुनलाई उपाध्यक्ष पदमा पाटीमा भित्र्याउने सकेत गरिसकेका छन् । तर ठोस निर्णय भने सार्वजनिक भइसकेको छैन् ।

यस्तै प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले पनि पूर्व राष्ट्रपति भण्डारीलाई पाटीमा भित्र्याउने केही संकेत गरेका छन् । तर पाटीभित्र ठोस निर्णय भने भएको छैन् । दुबै जनालाई पुनः सक्रिय राजनीतिमा फकाउने विषयमा दुई पाटीभित्र दुई थरीका मह सार्वजनिक हुँदै आएका छन् । एक थरीले उनीहरुलाई पुनः सक्रिय राजनीतिमा फर्काउनुपर्ने बताइरहेका छन् भने अर्को थरीले संविधानको दुरुपयोग गरेर उनीहरुलाई पार्टीमा भित्र्याउन नहुने बताइरहेका छन् ।

हालै सम्पन्न माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा नेतृत्वसँगै अग्रपंक्तिको लहरमा बसेका पुन राजनीतिमा फर्किने चाहान तिव्र प्रष्ट नै देखिन्छ । यस्तै पूर्व राष्टपति भण्डारीले सोमबार एक कार्यक्रममा पार्टीलाई आवश्यकता भए आफू तुरुन्तै पार्टीमा पुनः फर्कन चाहेको कुरा स्पष्टसँग व्यक्त गरेकी छिन् ।

कोशी प्रदेशका मोरङ र सुनसरीमा आयोजित केही औपचारिक र केही अनौपचारिक भेटघाटपछि भण्डारी अहिले विराटनगर पुगेकी छिन् । माघ २० गतेसम्म भण्डारी मोरङ र सुनसरीमै रहने कार्यक्रममा नै व्यस्त हुने देखिएको छ । विराटनगरस्थित होटल बिगमा आयोजित पत्रकार सम्मेलन अघि उनले राजनीतिक भेटघाट गरेकी छन्।

एमालेका केन्द्रीय नेताहरूका साथै केही प्रदेश सांसदहरू, महिला संगठनका नेतृहरू पनि त्यहाँ सहभागी थिए। त्यसपछि सम्भवतः राष्ट्रपति पदबाट बाहिरिएपछि पहिलो पटक भण्डारीले पत्रकार सम्मेलनकै शैलीमा सञ्चारकर्मीहरूसँग कुराकानी समेत गरेकी छिन् । उनले राष्ट्रिय राजनीतिमा आफू सक्रिय भएको बुझिदिन आग्रह समेत गरिन् । दलीय राजनीति गर्दा एमालेबाटै हुने प्रस्ट संकेत समेत उनले व्यक्त गरेकी छन् ।

तर प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टी राजनीतिमा फर्काउने प्रयास नगर्न नेताहरुलाईहरुलाई निर्देशन समेत दिइसकेका छन् । अध्यक्ष ओलीले आफ्नो बाच्दासम्म कोही पनि पार्टीको अध्यक्ष बन्न नसक्ने घोषणा समेत गरिसकेका छन् ।

केही समयअघि पोखरा पुगेर ‘जनताले आवश्यकता महसुस गरे जिम्मेवारीसहित एमालेमा फर्किने’ बताएकी भण्डारीले आज पनि त्यही आशयको अभिव्यक्ति दिएकी छन् । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय राजनीतिबारे नियमित अपडेट राखिरहेको र उपयुक्त समय आएपछि दलीय राजनीतिमा फर्किने घोषणा समेत गरिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *