राजनीति

प्रधानमन्त्री र पूर्व राष्ट्रपति भण्डारीको भेटले राजनीतिमा तरङ्ग, पुनःभण्डारीलाई राजनीतिमा ल्याउन खोजेका हुन ओलीले ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज अकस्मात भएको भेटले नेपाली राजनीतिमा तरङ्ग ल्याएको छ । बिहीबार प्रधानमन्त्री ओली अकस्मात पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका थिए । करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।

नेकपा एमाले अध्यक्ष ओलीले बिहीबार सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने गरी बोलाएका थिए । बैठक सकेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अकस्मात बूढानीलकण्ठ पुगेका थिए । पूर्व रास्ट्रपति पार्टी राजनीतिमा फर्कन इच्छुक रहेको र सोहीअनुसारका गतिविधि अघि बढिरहेकै बेला अध्यक्षले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग गरेको दुई घण्टा लामो भेटले एमाले वृतमा तरङ्ग ल्याएको हाे । यस विषयमा नेता तथा कार्यकर्ताहरूले ध्यान केन्द्रमा राखेर हेरेका छन् ।

एमालेले सदस्यताबाट आउट गरेपछि रावलले ७४ बुँदे आरोपसहित बुधबार पत्रकार सम्मेलन गरेर सिङ्गो एमालेपाटीभित्रका गुट र उपगुटमा देखिको समस्या र विद्यादेवी भण्डारीनिकट दुई नेत्रीलाई गत हप्ता निलम्बन गरेको विषयमा विभिन्न आरोप र प्रत्यारोप गर्दै अध्यक्ष ओलीले गरेका नकरात्मक टिप्पणी गर्दै रावल चर्को मुद्रामा उत्रिएपछि एमाले अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एक्कासी भेटेकाे विषयमा राजनीति वृतमा एक खालको बहस सुरु भएको छ । एक थरीले पूर्व विद्यादेवी भण्डारीलाई राजनीतिमा ल्याउन नहुने तर्क राखि रहेका छन् भने एमालेभित्रै पनि अर्का थरीले उनलाई राजनीतिमा ल्याउनुपर्ने बताइरहेका छ्न् । एमालेभित्र देखिएको आन्तरिक द्वन्द्व कसरी समाधान हाेला , यो सबैको चासोको विषय बनेको छ ।

यस्तै आजकाे बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन एमाले सचिवालय बैठकबाट पारित भएको छ । एमालेको केन्द्रीय समिति बैठक पुस २१ र २२ गते बस्दैछ ।

उक्त बैठकका निम्ति पेस गर्नुपर्ने राजनीतिक प्रतिवेदनका मुख्यमुख्य विषयमा बैठकमा छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी गराए । सो प्रतिवेदनमाथि आवश्यक छलफल गरेर प्रतिवेदन पारित गरेको उनको भनाइ छ । सचिवालयले पास गरेको प्रतिवेदन अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय भएको ज्ञवालीले बताए ।

राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयको गम्भीर विवेचना गरिएको छ । यस्तै एमाले र कांग्रेसका बिचमा किन नयाँ सहकार्य गर्नुपर्‍यो र सरकार गठनयताको ६ महिनाको समीक्षासँगै सरकारले आगामी दिनमा गर्नुपर्ने कामका विषय पनि प्रतिवेदनमा विश्लेषण गरिएको ज्ञवालीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *