राजनीति

एमाले सचिवालय बैठकमा केन्द्रीय कमिटी बैठकका एजेन्डामाथि छलफल हुने

काठमाडौं। नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ। बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्न लागेको हो।

आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिनेछ। केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो।

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बोलाइएको छ। पार्टीका तीन नेतामाथि भएको कारबाहीपछि बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *