काठमाडौँ ।नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले गरेका २० वटा निर्णयहरू सार्वजनिक भएको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले निर्णयहरू सार्वजनिक गरेका हुन्।बैठकले राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त भएका छन्। राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष पद केही समयदेखि रिक्त रहेको थियो। यस्तै सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा छत्रबहादुर कटुवाललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिरकरणको कार्यकारी निर्देशकमा कटुवाललाई नियुक्त गरेको हो ।
यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रिक्त कार्यकारी निर्देशक पदमा आवेदन दिएकामध्ये योग्य ८ जना उम्मेदवारको नाम सार्वजनिक गरेको थियो । सोही अनुसार सेजमा भुपेन्द्रप्रसाद अर्याल, रामप्रसाद पौडेल, कृष्णसिंह बस्नेत, नवराज सापकोटा, छत्रबहादुर कटुवाल, राजेन्द्र श्रेष्ठ, रामचन्द्र ढकाल र संजय कुमारको दरखास्त स्वीकृत भएको थियो।






